arrow

शंशाक कोइरालाको स्वास्थ्यमा सुधार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १३ आइतबार
sashank-koirala-2079-05-25.jpg
तस्बिर – फाइल ।

भरतपुर । चुनावी सभामा एक्कासी अचेत भएका नेपाली कांग्रेसका नेता डा. शंशाक कोइरालाको स्वास्थ्यमा सुधार आएको छ । पूर्वी नवलपरासी क्षेत्र नम्बर १ का लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारसमेत रहेका डा. कोइराला आइतबार दिउँसो अचेत भएपछि उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज ल्याइएको थियो ।

उपचारमा संलग्न पुरानो मेडिकल कलेजका निर्देशक डा. मनोहर प्रधानले अहिले कोइरालाको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको बताए । कोइराला नवलपरासीको अमरापुरीमा आयोजित चुनावी कार्यक्रममा आइतबर दिउँसो अचेत भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ