arrow

नष्ट हुने तर भ्रष्ट नहुने राप्रपाको घोषणा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १४ सोमबार
rajendra-lingden-rpp-ghosanapatra.jpg

काठमाडौं । राप्रपाले ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंमा सोमबार सार्वजनिक गरेको घोषणापत्रमा राप्रपाले सुशासन कायममा जोड दिएको छ । भ्रष्टाचार नगर्ने प्रण गरेको घोषणापत्रमा भ्रष्टाचार गर्नुभन्दा बरु आफैं नष्ट हुने उल्लेख गरेको छ । 

‘सुशासन स् बरु नष्ट हुन्छौँ, भ्रष्ट हुँदैनौँ’ शिर्षकमा उच्चस्तरीय नागरिक आयोग गठन गरी २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीहरुको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने कानुनी व्यवस्थाको प्रस्ताव गरिएको घोषणापत्रमा भ्रष्टाचारमुक्त, जवाफदेही तथा पारदर्शी शासन पद्दति व्यवहामा लागु गर्ने उल्लेख गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ