arrow
ADVERTISEMENT

लामिछानेविरुद्ध मुद्दा दायर, सम्पत्ति रोक्का राख्न माग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १५ मंगलबार
sandeep-lamichhane-arrest.jpg

काठमाडौं । बलात्कार अभियोगमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध १० देखि १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा सजाय माग गर्दै मुद्दा दायर गरेको हो ।

 सोमबार अदालतमा दायर गरिएको मुद्दामा पीडितलाई यथोचित क्षतिपूर्तिको माग दाबी, मुद्दाको किनारा नलागेसम्म लामिछानेका नाममा भएका चलअचल सम्पत्ति रोक्का राख्न पनि माग गरिएको छ।

उनी विरुद्ध बलात्कार पुष्टि हुने पर्याप्त प्रमाण रहेको प्रहरीले जनाएको छ । प्रहरीले एक हप्ताअघि नै अनुसन्धान सकाएर सरकारी वकिललाई प्रतिवेदन बुझाएको थियो। 

प्रतिवेदनमा मुलुकी फौजदारी अपराध संहितामा १६ वर्षदेखि १८ वर्ष उमेरसम्मका किशोरीलाई बलात्कार गर्नेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुने प्रावधान रहेअनुसार १२ वर्षसम्मको कैद सजाय माग दाबी हुनुपर्ने उल्लेख गरिएको थियो ।

काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा १७ वर्षीया बालिकाले २१ भदौमा प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन्। सन्दीपले २० असोजमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आइरहेका छन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ