arrow

गठबन्धन व्यक्ति जिताउन नभइ राष्ट्रको स्वाभिमान उच्च राख्न भएको केसीको भनाइ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १६ बुधबार
arjun-narasingh-kc-2079-07-16.jpg

नुवाकोट । नेपाली कांग्रेसका नेता तथा नुवाकोट क्षेत्र नं २ का उम्मेदवार अर्जुननरसिंह केसीले निर्वाचनमा लड्ने उम्मेदवारहरुले आफू सक्षम रहेको आफ्नो एजेण्डा राम्रो भन्नु स्वभाविक भएको बताएका छन् । 

उनले जसले हिजोको इतिहास र भोलिको भविष्ययलाई बोक्न सक्छ त्यसैलाई मतदाताले मंसिर ४ मा मतदानमार्फत आफ्नो प्रतिनिधि रोज्ने बताएका छन् । नेता केसीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखामा जित्न, कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुरामा जित्न वा आफू नुवाकोटमा जित्न गठबन्धन नभएको स्पस्ट पारे ।

लोकतान्त्रिक वाम गठबन्धन कुनै ब्यक्ति जित्न नभइ राष्ट्र हितमा राखेर राष्ट्रको स्वाभिमान उच्च राख्न, संविधानको रक्षा गर्न, विकासको गति बढाउनको लागि गरिएको उनले बताए । 

बिदुर नगरपालिका अन्तर्गत ऐतिहासिक स्थल नुवाकोट दरबार परिसरमा चुनावी कार्यक्रम तथा भेटघाट कार्यक्रममा बोल्दै नेता केसीले विरोधीको विचारसमेत सुरक्षित गर्न लोकतन्त्र बचाउन यो गठबन्धन आवश्यक रहेको दाबी गरे । 

उनले कुनै पनि उम्मेदवारले ब्यक्तिगत आलोचना र विरोध गरेर समय खेर फाल्न नहुने बरु जनताको अगाडि आफ्नो स्पष्ट योजना लिएर अगाडि बढ्नु पर्नेमा जोड दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ