arrow

बैजनाथमा एकादशी मेलाको तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १७ बिहिबार
ekadasi.jpg

राँझा । बाँकेको बैजनाथ गाउँपालिका– ६ लालपुरमा पौराणिक हरिबोधनी एकादशी मेलाको तयारी भएको छ ।

 हरिबोधनी एकादशीको अवसरमा लोक संस्कृति जोगाउने उद्देश्यका साथ शुक्रबार पौराणिक एकादशी मेला आयोजना गरिएको मेला व्यवस्थापन मूल समिति संयोजक दिलबहादुर विश्वकर्माले जानकारी दिए।

उनका अनुसार परापौराणिक कालदेखि महादेवा मेलाको रूपमा परिचित हरिबोधनी एकादशी लालपुर मेलामा पौराणिक लोक संस्कृतिलाई बचाउने उद्देश्यले स्थानीय पञ्चेबाजा, सिङ्गारु झ्याउरे, लहरे पैसेरी, ख्याली, मयुर नाचजस्ता सांस्कृतिक प्रस्तुति रहने छन् । 

मेला शुक्रबार बेलुका ६ बजे सुरु भई शनिबार दिउँसो १२ बजेसम्म सञ्चालन हुनेछ । मेलालाई व्यवस्थित तवरले सम्पन्न गर्न मूलसमितिको मातहतमा रहने गरी आर्थिक व्यवस्थापन, मञ्च व्यवस्थापन, स्टल व्यवस्थापनलगायत विभिन्न उपसमिति गठन गरी कामको बाँडफाँड गरिएको मूल आयोजक कमिटी संयोजक विश्वकर्माले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ