arrow

गगनले संसदमा कोरेको त्यो लक्ष्मण रेखा 

logo
केदार सुवेदी,  
प्रकाशित २०७९ कार्तिक १८ शुक्रबार
gagan-thapa-parliament-2074-11-27.jpg

संविधान सभाले बनाएको संविधान अनुसारको संसदको पहिलो सभाको पहिलो दिन थियो प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यक्रम । त्यसमा पूरै सांसदका तर्फबाट बोल्ने एक जना सांसद थिए गगनकुमार थापा । त्यस दिन उनले वाम गठबन्धनको चुनावी घोषणापत्र स्मरण गर्दै प्रधानमन्त्री ओलीको दिनगन्ती शुरु भएको बताए । जसलाई  के भनेको होला भनी धेरै सांसदले बुझेनन् । 

यो २०७४ फागुन २७ को कुरा हो । त्यसदिन तत्कालीन प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै थिए । यो निर्वाचनमा ओलीको यस्तो दिग्विजय थियो जसकाबारे चियापसलमा समेत कतै सारो बोल्न पाइँदैन थियो । यो ओली क्रेजको एउटा नमूना थियो ।

त्यही क्रममा गगनले संसदमा भने – ‘हामी प्रतिपक्षमा उभिए पनि हामी प्रष्ट छौं, दुईतिहाई हाराहारी मत प्राप्त गरेर विश्वासको मत प्राप्त गर्नु हुनेछ । तर, आजबाट दिनगन्ती शरु भएको छ, घोषणा पत्रमा लेख्नु भएको छ, ५ वर्षमा प्रत्येक वर्ष आर्थिक बृद्धिद्धर १० प्रतिशत हुनेछ । भ्रष्टाचार शून्य हुन्छ । २ वर्षभित्र एउटा पनि कृषिउपज किन्नु पर्दैन, ५ वर्षमा बेचेर खनखन पैसा कमाउँछ । फास्ट ट्राक बन्नेछ, २५ लाख पर्यटक भित्रिने छन् ।’
 
त्यसबेलाका समाचारमा आए – ‘एकपछि अर्को चुनावी घोषणापत्रका बाचा स्मरण गराउँदै कांग्रेस सांसद थापा ओलीमाथि खनिएका थिए । थापाले बलियो नेताका रुपमा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र व्यहोरिसकेको भन्दै संस्थाहरूलाई बलियो बनाएर सिस्टमले डेलिभरी दिन सक्नुपर्ने ठाउँमा हामी कतै बरालिएर संस्था होइन, व्यक्ति बलियो बनाउने ठाउँमा पुग्यो भने दुर्घटनामा पर्ने भन्दै सचेत गराएका थिए । 

कांग्रेस सांसद थापाले ओली अब एमाले अध्यक्ष मात्र नभएर प्रधानमन्त्री भइसकेको भन्दै जे पनि बोल्न नपाइने बताएका थिए । चुनाव प्रचारका क्रममा प्रधानमन्त्री ओलीले आफूलाई ‘यो केटा सेलिब्रेटी हो, फोटो खिचाउन काम लाग्छ’ भनेको स्मरण गर्दै कांग्रेस सांसद थापाले भने, सम्माननीय प्रधानमन्त्री अब एमालेको अध्यक्ष होइन, नेपालको प्रधानमन्त्री हो । अब जे पनि बोल्न पाइन्न । प्रत्येक चोटी बोलेको कुराको हिसाब किताब दिनुपर्छ ।’

यसपछि लगत्तै केपी ओलीले गगन थापालाई जवाफ दिएका थिए । संसदमा दोस्रो पटक बोल्ने क्रममा ओलीले संसदमा बहुमत हुँदाहुँदै दुईतिहाइको समर्थन दम्भ र दुरुपयोगका लागि नभएको दाबी गरे ।

गगन थापाप्रति लक्षित गर्दै ओलीले भने, ‘मैले दुईतिहाईमात्र होइन, सबैको सहमति जुटाउन खोजेको हो । दम्भका लागि, दुरुपयोगका लागि होइन । म प्रधानमन्त्री नेकपा एमालेको होइन, एमाले र माओवादी केन्द्रको पनि होइन नेपालको प्रधानमन्त्रीको रुपमा काम गर्छु ।’

इतिहासमै करिब दुर्लभ मानिएको र सात दशकपछि प्रकट भएको संसदमा दुईतिहाईको उपस्थिति त्यसबेला सामान्य थिएन । त्यस्तो नेतृत्वका बारे सामान्यतया कोही बोल्न तयार हुने स्थिति नहुनु पनि स्वाभाविक हो । 

उता दुईतिहाई पाएको सत्ता र यता प्रत्यक्षतर्फ तेइस वटामात्रै संख्या जितेको दल नेकाका एक सांसदमात्र थिए गगन । 

उनी त्यो दलका न नेता न संसदीय पदाधिकारी र न मौखिकै  र अस्थायी भए पनि आफनो दलबाट कुनै दायित्व दिइएका मध्येमा पर्थे । 

तैपनि उनले त्यसदिन यति ठूलो शक्तिशाली प्रधानमन्त्रीलाई संसदीय दाम्लोमा बाँध्न सक्षम भए । कसैले बहुमतसमेत ल्याइँदैन भनी बताइरहिएको संसदमा दुईतिहाई करिब मत ल्याएर प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले ‘मैले दुई तिहाइमात्र होइन, सबैको सहमति जुटाउन खोजेको हो, दम्भका लागि, दुरुपयोगका लागि होइन । म प्रधानमन्त्री नेकपा एमालेको होइन, एमाले र माओवादी केन्द्रको पनि होइन नेपालको प्रधानमन्त्रीकोरुपमा काम गर्छु ।’ भनी वचन दिन बाध्य गगनले नै गराएका थिए ।

यो प्रसङ्ग संसदमा रहेको रेकर्डका आधामा तयार भएको हो ।  दुईतिहाई मत ल्याएर प्रधानमन्त्रीमा नियुक्त भएका ओली र आफू एक्लै पच्चीस प्रतिशतसम्म पुर्याउन नसक्ने अवस्थामा रहेको कांग्रेसका एक साधारण सांसदबीच सम्बन्धको ठूलो घनिष्ठता पनि हँुदैन । 

त्यसकारण यस्ता प्रधानमन्त्रीलाई ‘मैले दुईतिहाईमात्र होइन, सबैको सहमति जुटाउन खोजेको हो, दम्भका लागि, दुरुपयोगका लागि होइन, म प्रधानमन्त्री नेकपा एमालेको होइन, एमाले र माओवादी केन्द्रको पनि होइन नेपालको प्रधानमन्त्रीको रुपमा काम गर्छु भनेर दाम्लोमा बाँध्ने काम सामान्य थिएन । 
 
गगनले कोरिदिएको यो लक्ष्मण रेखा ओलीले नतोडेका भए अहिलेको अवस्था आउँदैन थियो । न त्यो दल यति विभत्स अवस्थामा पुग्थ्यो र देशले यस्तो दुर्गति व्यहोर्नु पथ्र्यो न दलका रुपमा नै एमाले यो हविगतमा पुग्ने थियो । 

साथै नेपाली कांग्रेसले पनि सबै मिलेर लेखेको संविधानको रक्षाका लागि फेरि कम्युनिष्टलाई यो हदसम्म काँधमा बोकेर हिँड्न बाध्य हुन पर्ने थिएन । 

एउटा व्यक्ति (गगन थापा) सही ठाउँमा पुगेर सही कुरा उठाउँदा र त्यसलाई नमान्दा (केपी ओली) को परिणाम देशले यस्तो अवस्था भोग्नु परेको अवस्था बोध हुनु जरुरी छ । 

त्यो बेला गगनले के बोलेका थिए ? यो भिडियो–

 


 



नयाँ