arrow

झुलाघाटमा पक्की पुल बनाउने केपी ओलीको प्रतिबद्धता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १८ शुक्रबार
kp-sharma-olii-baitadi.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झुलाघाटमा पक्की पुल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार एमाले बैतडीको चुनावी सभालाई पाटनमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भनेका छन्,'अब थोत्रो झोलुंगे पुलले हुँदैन, अबको जमानामा, झुलाघाटमा पक्की पुल बन्छ, त्यो जिम्म एमालेले लिन्छ म लिन्छु ।'

ओलीले आफुले पूर्वबाट पश्चिम देखेको टिप्पणी समेत गरेका छन् । उनले भनेका छन्,'म मेचि किनारको मान्छेले लिम्पियाधुरा, लिपुलेक र कालापानी देखे शेरबहादुर देउवा पाँच पल्ट प्रधानमन्त्री हुँदा देख्नु भएन', ओलीले अघि भनेका छन्, 'म मेची नगरको मान्छे महाकालीको पुल देख्छु मैले शेरबहादुर देउवा देख्नु हुन्न ।'

यस्तै उनले महाकाली करिडोरको योजना अगाडि बढाउने समेत ओलीले बताएका छन् । 'महाकाली करिडोरले दार्चुला बजारसम्म पक्की बाटो जान्छ,' ओलीले भनेका छन् । 

यस्तै ओलीले गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउन पनि एमाले सरकार आवश्यक भएको बताएका छन्। उनले एमाले सरकार बन्यो भने जेष्ठ नागरिकको वृद्धभत्तामा पनि बृद्धि गरिने समेत बताएका छन् ।

यस्तै ओलीले आफु भारतमा जाँदा दार्चुलाका सांसद गणेश ठगुन्नालाई पनिसँगै लगेर उत्तराखण्डका मुख्यमन्त्रीसँग स्थानीय तवरमा पनि वार्ता गर्न भनेर दार्चुलामा पक्की पुल बनाउन सफल तुल्याएको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ