arrow

अबको नेपाल हाँक्ने युवाहरु गगन, विश्वप्रकाश, प्रदीप हुन् – डा स्वर्णिम वाग्ले

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १९ शनिबार
swarnim-wagle-2079.jpg

काठमाडौं । अर्थशास्त्री एवं नेपाली कांग्रेसका युवा नेता डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेसभित्रका आशालाग्दा नेताहरुले अब युवाहरुको प्रतिनिधित्व गर्नुपर्ने बेला आएको बताएका छन् ।  

बुद्धिजिवी तथा पेशागत समूहले शनिबार काठमाडौंको विशालनगरमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै डा. वाग्लेले गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलहरु निर्वाचित भएर युवाहरुको प्रतिनिधित्व गर्नुपर्ने बताएका हुन् । 

कांग्रेसभित्र मात्र नभइ राजनीतिमा नै आशा गरिएका तीन युवाहरुको खाँचो संसदमा रहेको उनले बताए । गतिशील अर्थतन्त्र निर्माणका लागि तीन युवाहरुको हातेमालो गरेर अघि बढ्नुपर्ने डा. वाग्लेको धारणा रहेको छ । 

उनले भने, ‘मेरो अपेक्षा यही हो, प्रदीप पौडेल मेरा मित्र, नेपाली कांग्रेसमा आशालाग्दा केही अनुहारहरु हुनुहुन्छ । गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेललाई अब हामी एकै सासमा, एउटै रुपमा लिन्छौँ । उहाँहरु अब उभिएर निर्वाचित भएर काठमाडौं–५, काठमाडौं–४ र झापा–१ बाट आएर चाहिँ तमाम युवाको प्रतिनिधित्व गर्नुहोस् । तमाम युवा पुस्तालाई नेतृत्व दिनुहोस् ।’ 

त्यसैगरी कांग्रेसले बोकेका नयाँ एजेण्डाहरुलाई बोकेर हिँड्नपर्नेमा जोड दिँदै हजारौ लाखौँ अन्य पेशा व्यवसाय गर्ने युवाहरुलाई उत्साहित गर्नुपर्ने बताए ।त्यसैगरी नेतृत्व परिवर्तनदेखि शासकीय सुधारका लागिसमेत तीन युवाहरुले नेतृत्व गर्नुपर्ने र आफूले सोही अपेक्षा गरेको बताए । 
 
‘अब नेतृत्वको लागि इनफ इज इनफ भन्ने बेला आएको छ’ डा. वाग्लेले भने, ‘शासकीय सुधारदेखि लिएर, ट्रान्जिवल सब्सट्यान्टिभ एजेण्डामा अब उहाँहरुले नेतृत्व गर्नुहोस् भन्ने मेरो अपेक्षा रहेको छ ।’ 

वाग्लेले काठमाडौं क्षेत्र नं ५ का सबै उम्मेवारहरुलाई जितको शुभकामनासमेत व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ