arrow

 प्रचण्ड पत्नी सीताको अवस्था गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २१ सोमबार
sita-dahal.jpg

काठमाडौं । ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पताल भर्ना गरिएकी प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । १६ दिन लामो उपचार पछि घर फर्काएकी सीताको स्वास्थ्य अवस्था बिग्रिएपछि पुन अस्पतालमा भर्ना गरिएको छ । 

हाल उनलाई नन् इन्भेसिभ भेन्टिलेटर (एनआईभी)मा राखिएको छ । अध्यक्ष दाहालका प्रेस संयोजक सूर्य किरणका अनुसार दाहालको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो ।

सीता दाहाल लामो समयदेखि दुर्लभ पार्किसन्स रोगबाट पीडित छिन् । उनको अमेरिका, भारतलगायत विभिन्न देशका अस्पतालमा उपचार हुन नसकेपछि घरमै स्वास्थ्य लाभ गरिरहेकी थिइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ