arrow

खरो बहस गर्ने वरिष्ठ पत्रकार किशोर नेपालका सामाजिक संजालका सबै एकाउन्ट ह्याक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २५ शुक्रबार
kishor-nepal.PNG
तस्बिर – फाइल ।

काठमाडौं । वरिष्ठ पत्रकार किशोर नेपालको सामाजिक संजाल ह्याक भएको छ । फेसबुक तथा ट्वीटरमार्फत खरो रुपमा राजनीतिक, सामाजिकलगायत विविध विषयमा तर्कपूर्ण बहस गर्दै आएका नेपालको नाममा रहेका तीन वटा एकाउन्ट ह्याक भएको हो ।

किशोर नेपालकै नाममा रहेको फेसबुक पेज, निजी प्रोफाइल र ट्वीटर एकाउन्ट एक साताअघि ह्याक भएको हो । राजनीतिक मुद्दा बनाएर शीर्ष राजनीतिक दलका केही नेताको निर्देशनमा संजाल ह्याक गरिएको बुझिएको छ ।

‘म एउटा सामान्य नागरिकमाथि राज्यशक्ति नै किन लाग्छ ? दलका नेताहरु नै किन डराइरहेका छन् ? सत्य तथ्य र यथार्थ विषय सामाजिक संजालमा लेख्दा नेताहरुलाई किन टाउको दुखाइ हुन्छ ? मैंले केही बुझ्न सकिरहेको छैन’, नेपालले भने ।

आफ्नो सामाजिक संजाल ह्याक भएको विषयमा नेपाल प्रहरीको साइबर ब्यूरो, विभिन्न सामाजिक अभियन्ता, प्राविधिक समूहका व्यक्ति, नेपाली कांग्रेसका नेता अजयबाबु शिवाकोटीलगायत विभिन्न दलका नेतालाई सामाजिक संजाल ह्याक भएको जानकारी गराउँदै यस्तो गम्भीर विषय राष्ट्रिय रुपमा उठाउन आग्रह गरेको पनि वरिष्ठ पत्रकार नेपालले जानकारी दिए । 

प्रहरीको साइबर ब्यूरोलाई ह्याक भएको विषयमा उजुरी दिए पनि प्रहरीले बेवास्ता गरेको नेपालको गुनासो छ । 

नागरिक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता साथै वाक स्वतन्त्रता कायम रहेको देशमा कुनै पनि व्यक्तिले भावना अभिव्यक्त गर्न पाउने, सामाजिक संजाल प्रयोग गर्न पाउने, अधिकार खोस्न कुनै पनि निकायलाई अधिकार नरहेकाले वरिष्ठ पत्रकार नेपालको सामाजिक संजाल तत्काल ‘रिकोभरि’ गर्न कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ