arrow

लिभरपुल लयमा, सिटी र चेल्सी पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २७ आइतबार
liverpool-southhampton-2022.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी हुँदा म्यानचेस्टर सिटी र चेल्सी पराजित भएका छन् । शनिबार राति साउथह्याम्पटनलाई ३–१ अन्तरले पराजित गर्दै लिभरपुल लयमा फर्किएको संकेत गरेको छ । 

लिभरपुलको जितमा डार्विन नुनेजले दुई गोल गरेका थिए । रोबर्टो फिर्मिन्होले एक गोल थपे । साउथह्याम्पटनका एडम्सले एक गोल फर्काए । 

सिटी घरेलु मैदानमा ब्रेन्टफोर्डसँग २–१ ले पराजित भयो । ब्रेन्टफोर्डको जितमा इभान टोनी दुवै गोल गरे । यसअघि फिल फोडेनले सिटीका लागि बराबरी गोल गरे पनि ब्रेन्टफोर्डलाई रोक्न सकेन । 

त्यस्तै आर्सनलले वुल्भरह्याम्पटन वान्डेरर्सलाई २–० ले हरायो । चेल्सी तेस्रो स्थानको न्यूक्यासल युनाइटेडसँग १–० ले पराजित भयो । न्यूकासलको जितमा जोए विल्कले ६७औं मिनेटमा निर्णायक गोल गरे । 

अंक तालिका १४ खेलबाट ३७ अंकसहित आर्सनल शीर्ष स्थानमा रहेको छ । सिटी ३२ अंकसहित दोस्रो तथा न्यूकासल ३० अंकसहित तेस्रो स्थानमा छ । लिभरपुल २२ अंकसहित छैटौं स्थानमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ