arrow

नेपाल र यूएईबीच सोमबारदेखि एक दिवसीय क्रिकेट, टिकटको दुई सय 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २७ आइतबार
nepal-uae-cricket-2022-11-13.jpg

काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टिमले युनाइटेड अरब इमिरेट्स यूएईसँग त्रिवि मैदानमा तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेलको शृंखला खेल्नेछ । 

नेपालले पहिलो खेल कात्तिक २८ गते, दोस्रो खेल ३० गते र तेस्रो खेल मंसिर २ गते खेलिनेछ । शृंखलाका लागि यूएई टिम शनिबार राति नै नेपाल आइसकेको छ ।

नेपालको कप्तानका रुपमा रोहितकुमार पौडेललाई नियुक्त गरिएको छ । आधिकारिक कप्तानका रुपमा रोहितको यो पहिलो शृंखला हुनेछ ।

त्रिवि मैदानमा गएर नेपाल र यूएईबीचको खेल हेर्ने दर्शकका लागि टिकटको मूल्य २०० निर्धारण गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ