काठमाडौं । पहिलो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायतका प्रधानमन्त्री ऋषि सुनकबीच भेट भएको छ । जी-२० शिखर सम्मेलनकाबीच इन्डोनेसियाको बालीमा दुवैबीच अनौपचारिक अन्तरक्रिया भएको हो ।
भारत २०२२ को डिसेम्बर १ देखि एक वर्षका लागि जी-२०को अध्यक्ष बन्दैछ । नरेन्द्र मोदीले जी-२० सम्मेलनकाबीच अमेरिकी राष्ट्रपति जो बाइडेन, फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनलगायतसँग पनि अन्तरक्रिया गरेका छन् ।