arrow

चितवन २ का उम्मेदवार एवं राज्यमन्त्री उमेश श्रेष्ठको गाडी तोडफोड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ३० बुधबार
umesh-shrestha-state-minister-2079-03-29.jpg
तस्बिर – फाइल ।

चितवन । प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको गाडी तोडफोड भएको छ । चितवन क्षेत्र नं २ मा लोकतान्त्रिक बाम– गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता श्रेष्ठको गाडी चुनावी प्रचारमा रहेको बेला भरतपुर महानगरपालिका–१० पुरानो मेडिकल कलेज नजिक रेडक्रस चोकमा आज तोडफोड भएको हो । 

उनको बा३च २०५० नं को गाडीमा इँटा प्रहार भएको हो । सँगै रहेको प्रदेश ३–०१–२४च९०६१ नंको गाडीमा समेत इँटा प्रहार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

घरदैलो गर्ने क्रममा पार्किङ गरी राखिएको गाडीमा मोटरसाइकलमा चढेर आएका पाँच–छजनाको समूहले इँटा प्रहार गरी तोडफोड गरेको प्रहरीले जनाएको छ । 

दुवै गाडीको अगाडिको सिसामा क्षति पुगेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । श्रेष्ठको गाडीको  भाइजरसमेत फुटेको छ ।

 गाडीमाथि आक्रमण निर्वाचन बहिष्कार समूहबाट भएको आशङ्कामा अनुसन्धान थालिएको र तोडफोड गर्नेहरुको खोजी भइरहेको उनले जानकारी दिए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ