- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सर्वोच्च अदालतले चितवन क्षेत्र नम्बर २ बाट चुनाव जितेका रवि लामिछानेको पद खारेज गरिदिएपछि निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठ आज सांसद दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिन पुगेका छन् ।
आयोगमा बिहान साढे ११ बजे सांसद दाबी गर्दै निवेदन दिएका हुन् । उनले आफूलाई विजयी घोषित गर्नुपर्ने माग गरेका छन् । सर्वोच्च अदालतको फैसला पछि रवि लामिछानेको सांसद पद पनि खारेज गरेपछि उपप्रधान एवं गृहमन्त्रीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि गुमेको थियो ।
गत आइतबार नागरिकता पुनः प्राप्तिपछि भने उनले रास्वपाको सभापति पाएका थिए । चितवन २ मा उपनिर्वाचन गनुपर्ने बताइरहेका बेला उमेश श्रेष्ठको निवेदनलाई निर्वाचन आयोगले कसरी हेर्छ भन्ने महत्वपूर्ण छ ।
मंसिर ४ गते भएको निर्वाचनमा चितवन २ बाट रविले ४९ हजार ३०० मत पाउँदा उपविजेता बनेका श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए ।
त्यस्तै एमालेका कृष्णभक्त पोख्रेलले १४ हजार ६५२ मत पाएका थिए । राप्रपाका रविन अधिकारीले ९५५ मत ल्याएका थिए ।
रवि अनधिकृत ठहरिएपछि कांग्रेसका उमेश श्रेष्ठले आफू स्वतः विजेता घोषित हुन पाउनु पर्ने माग गरिरहेका छन् ।
उनले रवि शुरुआती प्रक्रियादेखि नै अवैध भएकाले उनले पाएको मतसमेत अवैध भएको भन्दै आफूलाई विजेता घोषित गर्नुपर्ने माग गरेका छन् । उनले आयोगबाट आफूले न्याय पाउनेमा विश्वस्त रहेको बताउँदै यदि आयोगले न्याय नगरे अदालत जानेसमेत बताएका छन् ।
के छ उनले आयोगमा पेश गरेको पत्रमा ?