arrow

नेपाल र यूएईबीचको क्रिकेटमा सट्टेबाजी गर्ने ४४ भारतीय पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २ शुक्रबार
ssixer-odi-champion-nepal-2022-11-18.jpg

काठमाडौं । नेपाल र युएईबीचको क्रिकेट सिरिजमा सट्टेबाजी गर्ने ४४ भारतीय नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ । उक्त एक दिवसीय क्रिकेट श्रृंखला भइरहेको स्थान कीर्तिपुरमा भारतमा दर्ता रहेका विभिन्न अनलाइन साइटमार्फत पेशेवर रूपमा अनलाइन सट्टेबाजी (जुवा) खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । 

विशेष सूचनाको आधारमा ब्यूरोको टोलीले उनीहरूलाई आज पक्राउ गरी थप अनुसन्धान जारी रहेको ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए । 

उनका अनुसार खेल हेर्ने बहानामा उनीहरू सट्टेबाजीमा संलग्न रहेका पाइएको छ । यसअघि पहिलो खेलमा यस्ता शङ्कास्पद गतिविधिमा संलग्न व्यक्तिमाथि निगरानी गरी अनुसन्धान गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।

नेपाल र यूएईबीचको खेलको श्रृंखला नेपालले जितेको छ । नेपालले तीन खेलको श्रृंखला २–१ ले जितेको हो । अन्तिम तथा निर्णायक खेलमा नेपाल ६ विकेटले विजयी भयो । 

शुक्रबार यही खेल चलिरहँदा सट्टेबाजहरु पक्राउ परेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ