- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आइतबारदेखि कतार विश्वकप फुटबल शुरु हुँदै गर्दा त्यसअघिको मैत्रीपूर्ण खेलमा विश्वकपको उपाधि दावेदार बेल्जियम पराजित भएको छ ।
शुक्रबार राति भएको खेलमा बेल्जियमलाई इजिप्टले पराजित गरेको हो । बेल्जियम २–१ ले पराजित भयो । खेलको ३३ औं मिनेटमा मोस्ताफा मोहमदले गोल गर्दै इजिप्टलाई शुरुआती अग्रता दिलाएका थिए ।
खेलको ४६ औं मिनेटमा ट्रेजेगुएटले गोल गर्दै इजिप्टलाई २–० को अग्रता दिलाए । बेल्जियमका लागि ७६ औं मिनेटमा लोइस ओपेन्डाले गोल गरे ।
विश्वकपमा बेल्जियम समूह ’एफ’ मा रहेको छ । यस समूहमा क्यानडा, मोरक्को र क्रोएसिया रहेका छन् ।
बेल्जियमले क्यानडाविरुद्ध खेल्दै विश्वकपको शुरुआत गर्नेछ ।