arrow

कर पुरस्कार [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
387e8a62-0b54-4be7-ac63-5b0e857b755d.jpg

काठमाडौं । अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागले मंसिर १ गतेदेखि कर सप्ताह शुरु गर्दै ७ गते (आज) राष्ट्रिय कर दिवस मनाउँदै समापन गरेको छ ।

'स्वेच्छिक सहभागिता सहितको फराकिलो कराधार: दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार' भन्ने नाराका साथ आन्तरिक राजस्व विभागले यस वर्षको राष्ट्रिय कर दिवस मनाएको हो ।

मंसिर १ देखि शुरु भएको राष्ट्रिय कर दिवस २०७९को कर सप्ताहको आज समापन कार्यक्रममा आन्तरिक राजस्व विभाग महानिर्देशक रितेशकुमार शाक्यले विभागको अबको उद्देश्य भनेकै करदाता आफैले स्वेच्छिक रुपमा कर तिर्न अभिप्रेरित गर्ने र कर भुक्तानी प्रणालीलाई प्रविधिमैत्री बनाउने रहेको बताएका छन् ।

राष्ट्रिय कर दिवसमा बोल्दै अर्थ मन्त्रालयका अर्थ सचिव कृष्णहरि पुष्करले कर क्षेत्रमा करदाताहरुका लागि आवश्यक र सरकारी स्तरबाट गर्नु पर्ने सुधारको विषयलाई उच्च राजनीतिक तहमा पुर्याएर सुधार गर्न अर्थ मन्त्रालयको तर्फबाट प्रतिबद्धता व्यक्त गरेका छन् ।

कर सप्ताह र राष्ट्रिय कर दिवसको अवसरमा राम्रो योगदान गर्ने करदाताहरुलाई सामाजिक र आर्थिक रुपमा सम्मान गर्ने कार्यक्रमलाई आगामी वर्षमा थप सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राष्ट्रिय कर दिवसका अवसरमा सरकारले आर्थिक वर्ष २०७७/७८ मा आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्कलगायत गरेर सबैभन्दा बढी कर तिरेका कम्पनी र व्यक्तिहरुलाई सम्मान गरेको छ । 

8858a5c1-a153-4fde-81ef-5e757c2cd08e.jpg
630515d3-8a57-4eb5-9c7e-f244b5e72841.jpg
e2eba9fe-e21a-4445-9886-0d45332ef98d.jpg
0ca6388c-8f9e-48e0-918c-190b87c92d04.jpg
a8299b41-0e43-4afc-a331-5dda12cad790.jpg
08101153-ed9b-44d0-991b-7f851609ed1f.jpg
cb74c1b7-efef-448c-87d8-1146f88298f5.jpg
828c115f-f8e8-4ace-9e0e-192e84b12830.jpg
9c503f97-ae99-4a80-86d7-8f715078e73f.jpg
387e8a62-0b54-4be7-ac63-5b0e857b755d.jpg
47acc52f-73a4-4c6d-bcb8-326c32e2ca2b.jpg
ac1d8e39-2637-407f-999e-3d9ffb50c7bf.jpg
89933f42-e233-4d5a-8193-ea4f9caf9dde.jpg
502de615-4b5f-4138-9fdb-6d227e4cdb01.jpg
d6d0d56b-c94b-410a-9a9f-c22c0a5dc58d.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ