arrow

मुगुका सांसद शाहीले भने - सुरक्षित सडक र आवास पहिलो प्राथमिकता

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०७९ मंसिर १२ सोमबार
mugu-samsad-sahi.jpg

मुगु । मुगु जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेस मुगुका पार्टी सभापतिले आफ्नो पहिलो प्राथमिकता सुरक्षित सडक र आवास रहेको बताएका छन् । सोमबार नेपाल प्रेस युनियन मुगु शाखाले आयोजना गरेको कार्यक्रममा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य ऐन बहादुर शाहीले सो कुरा बताएका हुन् ।

प्रेस युनियनको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै शाहीले मुगुमा सडक पुगे पनि सुरक्षित र सडक मापदण्ड अनुसार नहुँदा बर्षेनी दर्जनौँ युवा तथा बौद्धिक जनशक्ति सडक दुर्घटनामा परेर गुमाइएको बताउँदै आफ्नो ५ वर्षे कार्यकालमा कणाली राजमार्ग फराकिलो, सुरक्षित र सडक मापदण्डमा निर्माण गर्न पहल गर्नु र हालै बाढी पहिरोले ज्यान गुमाएका, घर विहीन मुगालीहरुलाई आवासको व्यवस्था गर्नु पहिलो प्राथमिकता रहने बताए ।
 
जिल्लाका ४ स्थानीय सरकार भए पनि खत्याड गाउँपालिका जिल्ला सदरमुकामसँग सडक सञ्जालमा नजोडिँदा त्यहाँका जनताहरूले अहिले पनि विभिन्न कठिनाइका बाबजुद सदरमुकाम गमगढीमा आउँदा पैदल यात्रा गर्नु पर्ने बाध्यता रहेकाले आफ्नो दोस्रो प्राथमिकतामा गमगढी-रारा-खत्याड सडक निर्माण मा हुने बताए । उनले सो सडक निमार्णमा रारा राष्ट्रिय निकुञ्ज बाधक भएकाले निकुञ्ज विभाग,पर्यटन मन्त्रालय र सडक विभागको समन्वयमा के कसरी सडक बनाउन सकिन्छ सो बारे काठमाडौ गए देखि नै आफू लागी पर्नेछ सुनाए । 

सङ्घीय सरकार मातहतका कार्यालयहरू र लोकसेवा आयोगको परीक्षा केन्द्र जुम्ला हुँदा मुगालीहरुले अझै सङ्घीयताको अनुभूति गर्न नपाएकोले सङ्घीय मातहतका कार्यालय मुगुमा स्थापना गर्न र जिल्ला मै लोकसेवा आयोगको परीक्षा दिन पाउने अवस्था बनाउन जिल्ला मै लोकसेवा आयोगको परीक्षा केन्द्र तोक्नका लागी सम्बन्धित निकायहरूमा पहल आफ्नो तेस्रो प्राथमिकता रहेको सुनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ