arrow

राष्ट्र बैंकले  ‘घ’ वर्गका लघुवित्तको लाभांशमा गर्‍यो थप कडाइ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १३ मंगलबार
nepal-rastra-bank-panorama-nrb-.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा लघुवित्त वित्तीय संस्थाहरूको लाभांशमा थप कडाइ गरेको छ । एक परिपत्र जारी गर्दै राष्ट्र बैंकले ‘घ’ वर्गका इजाजतपत्र लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, ०७८ मा संशोधन गरेको जनाएको छ ।

संशोधित निर्देशनले २० प्रतिशतभन्दा बढी लाभांश वितरण प्रस्ताव गरेमा सोभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गरिने व्यवस्था छ । 

असार ०७८ मसान्तमा लघुवित्त कम्पनीले वितरण गर्ने नगद लाभांश उनीहरूको वचतरनिक्षेपको भारित औसत ब्याजदरको प्रतिशतभन्दा बढी नहुने व्यवस्था थियो ।

इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाले खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको पाँच प्रतिशतभन्दा कम कर प्रयोजनका लागि नगद लाभांस वितरण गर्न नपाउने व्यवस्था गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।



नयाँ