arrow

१४ ठेकेदार कम्पनी कालोसूचीमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १४ बुधबार
Untitled-1.jpg

काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १४ कम्पनीलाई कालोसूचीमा राखेको छ । बुधबार सार्वजनिक सूचना निकालेर कार्यालयले समयमै काम नसक्ने, निर्माण कार्य अलपत्र पार्ने विभिन्न १४ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको जानकारी दिएको हो । 

एक वर्षदेखि साढे दुई वर्षसम्म कालोसूचीमा राखेका ति कम्पनीसँग उक्त अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाल लिन नसक्ने कार्यालयले भनेको छ । 

कार्यालयले जारी गरेको सूचनाअनुसार भारत–सप्तकोसी जेभी काठमाडौंलाई साढे दुई वर्षका लागि कालोसूचीमा राखिएको भने हाइग्रिवा–सिद्धि साई प्रकाश जेभीलाई दुई वर्षका लागि कालोसू्रचीमा राखिएको छ । बाँकी रहेका १२ वटा ठेकेरदार कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको हो । 

एक वर्षका लागि कालोसूचीमा परेका कम्पनीहरुमा हाइवे कन्स्ट्रक्सन प्रालि, विधि बिल्डर्स प्रालि, साइबाबा एन्ड तारा कन्स्ट्रक्सन, अनुकूल निर्माण सेवा, पाँचखाल कन्स्ट्रक्सन प्रालि, प्रभु निर्माण सेवा, सिद्धिजनक कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालि, एसएसके निर्माण सेवा प्रालि, सुर्मादेवी कन्स्ट्रक्सन, नीलगिरि निर्माण सेवा प्रालि र नेसनल डेभलोपमेन्ट प्रालि र क्यानोन कन्स्ट्रक्सन प्रालि रहेका छन् । 

उनीहरुलाई कालोसूचीमा राख्न विभिन्न कार्यालयले सिफारिस गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ