arrow

नेपाल र खड्काबीच भेट, गठबन्धनलाई निरन्तरता दिन पहल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १७ शनिबार
madhav-nepal-khadka-congress.jpg

काठमाडौँ। नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

भेटमा दुवै नेताले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा एक अर्कालाई बधाई दिएका थिए। भेटमा निर्वाचनको समीक्षासमेत भएको बताइएको छ।
यसका साथै वर्तमान सत्ता गठबन्धनलाई नयाँ सरकार बनाउन पनि निरन्तरता दिने र अरू दलहरूलाई पनि गठबन्धनमा सहभागी गराउन पहल गर्ने गरी सकारात्मक छलफल भएको उपसभापति खड्काको निजी सचिवालयले जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ