arrow

निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन माननीयहरू गाउँ गाउँमा

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०७९ मंसिर १८ आइतबार
mugu-umedwar.jpg

मुगु । गत ४ गते सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचित सङ्घीय तथा प्रदेश सांसदहरू यति बेला जिल्लाका गाउँ गाउँहरूमा घुमिरहेका छन् । मङ्सिर अघि गाउँ गाउँमा मतदातासँग आफूलाई मतदान गर्न आग्रह गदै घुम्दै आएका उम्मेदवारहरू मध्य बेला यो बेला निर्वाचित उम्मेदवारहरू मतादाताहरूलाई धन्यवाद दिन मुगु जिल्लाका गाउँ गाउँमा घुमिरहेका हुन ।

मुगुका १ प्रतिनिधि सभा र २ प्रदेश सभा क्षेत्र रहेकोमा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार ऐन बहादुर शाही एमालेका उम्मेदवार राज बहादुर कार्कीलाई पछि पादै निर्वाचित भएका थिए भने प्रदेश सभा सदस्यमा क्षेत्र नं २ का एमाले उम्मेदवार कर्ण बहादुर मल्ल पछि पादै एकीकृत माओवादी केन्द्रका मङ्गल बहादुर शाही र प्रदेश क्षेत्र नं १ मा एकीकृत समाजवादीका गोपाल बहादुर बमलाई पछि पार्दै एमालेका जित बहादुर मल्ल विजयी भएका थिए ।

निर्वाचित हुने बित्तिकै सङ्घीय राजधानी र प्रदेश राजधानी तिर निर्वाचितहरू हानिने पुरानो चलनलाई तोड्दै यो वेला निर्वाचित तिनै जना माननीयहरू गाउँ गाउँ तिर लागेका छन् । प्रतिनिधि सभाका सांसद शाही आफ्नो जन्मस्थान सोरु गाउँ पालिकाका विभिन्न गाउँ बस्ती र खत्याड गाउँपालिका तिर लागेका छन् भने प्रदेश सांसद मङ्गल बहादुर शाही माओवादीका पकड रहेको खत्याड गाउँपालिकाका विभिन्न बस्तीहरूमा मतदाताहरूलाई धन्यवाद दिँदै खुसीयाली साटी रहेका छन् ।

यता प्रदेश क्षेत्र नं १ का माननीय जितबहादुर मल्ल पनि छायाँनाथ रारा नगरपालिकाका विभिन्न वस्तिहरूमा मतादाताहरूका गुनासा,विकासका योजना बारेका आशाहरू सुनिरहेका छन्। 

प्रतिनिधि सभाका सांसद ऐन बहादुर शाही निर्वाचित भएको प्रमाण पत्र बुझेको ३ दिन पछि देखि सोरु गाउँपालिकाका आँसिधारा, कच्चे, सिप, पुरुमुरु, सोरुकोट, नार्थपु, जडेपानी, भिई र नाथर्पु गाउँ हुँदै खत्याड गाउँपालिका तिरका गाउँ बस्तीहरूमा हिजो आज घुमिरहेको बताइएको छ । 

माओवादीबाट निर्वाचित प्रदेश क्षेत्र नं २ का सांसद मङ्गल बहादुर शाही निर्वाचित प्रमाण पत्र बुझेको दोस्रो दिन पछि देखि नै खत्याड गाउँपालिका तिर लाग्नु भएको थियो उनले उक्त गाउँपालिका खमाले,श्रीकोट,सेरी,डुमाना गम्था लगायतका गाँउहरुमा पुगी मतादाताहरूलाई धन्यवाद दिँदै आफ्नो कार्यकालमा ती बस्तीहरूमा गर्न सकिने विकासका कामहरू बारे सुझाव लिइरहेका छन् । 

यता प्रदेश क्षेत्र नं १ का सांसद जित बहादुर मल्ल पनि नगरपालिका भित्रका कार्कीवाडा,ढुम,पिना,कोटिल्ला,बाम,रुगा तिरका बस्तीहरूमा धन्यवाद दिँदै हिँडी रहेका छन् । नगरपालिकामा रहेका ८७ वटा बस्तीहरूमा सकभर पुगेर स्थानीय जनताहरूका गुनासा सुन्ने,आफुले पुरा गर्न सक्ने कामहरूको आश्वासन दिने जस्ता कार्य गरिरहनु भएको नेकपा एमाले पाटी सचिव डबल बहादुर रोकायाले जानकारी गराए । 

यस अघि निर्वाचित भएपछि राजधानी तिर विजेताहरू लाग्ने प्रवृत्ति यो चोटिका विजेताहरूले तोडेका छन् । अहिले विजेताहरूले गाउँ गाउँमा गएर शुरु मै धन्यवाद दिने र गुनासा सुन्ने,आफ्ना योजना सुनाउने गर्न थालेपछि स्थानीयहरू खुसी भएका छन् । रुगा गाउँका कन्न लावड भन्छन् अहिले जितेकाको शुरुवाती हेर्दा केही गर्छन् की भन्ने आश आफूहरूमा पलाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ