arrow

गौरबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद, एक व्यक्ति पक्राउ

logo
प्रिमेश शिवाकोटी,
प्रकाशित २०७९ मंसिर १८ आइतबार
rautahat-pakrau.jpg

गौर। रौतहटको गौर नगरपालिकाबाट ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद भएको छ । 

प्रहरले गौर ३ को फलक पोल्ट्री (कुखुरा) फार्ममा अवैध लागूऔषध गाँजा खाल्डो खनी लुकाएर राखेको सूचनाको आधारमा खोजतलास गर्दा बरामद गरेको जनाएको छ । 

चेकजाँच गर्दा १२ पोकामा १ सय ८० किलो गाँजा बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी उमाशङ्कर प्रसाद यादवले जानकारी दिए ।
 
प्रहरीले पोल्टी फार्म नजिकै राखेको बागमती प्रदेश ०१-००६-ख २८३० नं. को मिनी ट्रक र ट्रक चालक मकवानपुर आग्रा बस्ने २१ वर्षीय सुरेन्द्र स्याङतानलाई समेत पक्राउ गरे थप अनुसन्धान गरिरहेको डिएसपी यादवले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ