arrow

पालिका अध्यक्षको कार्यकक्षमा तालाबन्दी

logo
श्रीकृष्ण सिग्देल, 
प्रकाशित २०७९ मंसिर २१ बुधबार
fedikholama- talabandi.jpg

स्याङ्जा । वडाअध्यक्षसहित कार्यपालिका सदस्यहरुको टोलीले स्याङ्जाको फेदिखोला गाउँपालिकाका अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरिदिएका छन् । गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले पालिकामा एकल निर्णय गरेर अनियमितता गरेको आरोप लगाएर वडा अध्यक्षसहित कार्यकालिका सदस्यहरुले कार्यकक्षमा तालाबन्दी गरेका हुन् । 

११ बुँदे माग अध्यक्षको ढोकामा टाँसेर तालाबन्दी गरिएको गाउँपालिका १ का वडा अध्यक्ष अमृत क्षेत्रीले बताए । पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गरिएको मागपत्रमा स्थानीय सरकार संचालन ऐन २०७४ बमोजिम महिनाको एकपटक कार्यपालिकाको बैठक राख्ने प्रावधानलाई कुल्चेर एकल निर्णय गरिँदै आएको आरोप लगाइएको छ । 

कर्मचारी सरुवामा वडाअध्यक्षहरुसँग समन्वय नभएको, लेखा समिति गठन नगरी मनपरी खर्च गरिएको, गाउँपालिकाको काममा प्रयोग गर्नुपर्ने सवारी साधन नीजि काममा प्रयोग गरिएको, शिक्षा समितिलाई पूर्णता नदिई शिक्षक सरुवामा अनियमिता गरिएको लगायत आरोप मागपत्रमा लगाइएको छ । ११ बुँदे पेश गरिएको मागपत्रको सुनुवाई नभएसम्म तालाबन्दी यथावत रहने बताइएको छ । 

पालिका अध्यक्ष सुवेदी र प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पौडेलले वडा अध्यक्ष र कार्यपालिका सदस्यको मानमर्दन गरिएकोसमेत आरोप उनीहरुको छ । 

भदौ १ गतेपछि अध्यक्षले कार्यपालिकाको बैठक नै नबोलाएर एकल निर्णय गर्दै कार्यसञ्चालन गर्दै आएको बताइएको छ । पालिकाले गरेको गतिविधि मासिक रुपमा माग गर्दा सुचना दिन प्रमुख प्रशासकीय अधिकृतले आनकानी गरेको वडा अध्यक्ष क्षेत्रीले बताए । हामीले पटक—पटक बैठक आह्वान गर्न अध्यक्षलाई अनुरोध गर्यौं क्षेत्रीले भने, ‘अध्यक्षले बैठक नबोलाएर मनपरी गर्न थालेपछि ताला लगाउन बाध्य भयौं । विकासका निम्ति हामी बाधक नभएको तर समन्वय हुनुपर्छ पर्छ भन्ने हाम्रो अनुरोध हो’, उनले भने । 

बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा फेदिखोलामा पालिका अध्यक्ष र उपाध्यक्ष नेकपा एमालेले जितेको छ भने कार्यपालिका नेपाली कांग्रेसले जितेको छ । 

कार्यपालिकामा अध्यक्ष अल्पमतमा रहेकाले सुवेदीले एकल निर्णय गर्दै आएको आरोप लाग्दै आएको थियो । 

यता पालिका अध्यक्ष सुवेदीले कार्यकक्षमा तालाबन्दी लगाइएको विषयमा आफुलाई थाहा नभएको बताए । म कार्यक्रम छु उनले टेलिफोनमा भने, ‘जसले लगाएको उसैलाई सोध्नुहोस् ।’ 

अत्यन्तै व्यवस्ता देखाएर उनले सबै जवाफ दिएनन् । दोस्रो पटक पुनः पालिका अध्यक्षमा निर्वाचित भएका सुवेदी कार्यपालिका बैठकनै नबोलाएर एकल निर्णयबाट पालिका संचालन गर्न सकिन्छ भन्ने दम्भमा लागेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ