arrow

कालीमाटी गंगामाला देउती बज्यै मेला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २२ बिहिबार
rapti-sonari.jpg

नेपालगन्ज । राप्ती सोनारी गाउँपालिकामा कालीमाटी गंगामाला देउती बज्यैको मेला सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ८ ओभरीमा बुधवारदेखि ३ दिने कालीमाटी गंगामाला देउती बज्यैको मेला सुरु भएको छ ।

मेलाको राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले दीप प्रज्वलन गरि मेलाको उद्घाटन गरेका थिए कार्यक्रममा बोल्दै अध्यक्ष पौडेल कालीमाटी मेलाको ऐतिहासिक महत्त्व रहेको बताउँदै कालीमाटी मन्दिर त्यस क्षेत्रको विकासका लागी गाउँ पालिकाले सक्दो सहयोग गर्ने बताएका छन् । साथै उनले स्थानीय धार्मिक तथा पर्यटकीय क्षेत्रको महत्त्व बोकेका संरचनाहरूको संरक्षण र संवर्द्धन गर्न सकेमा मात्र पर्यटन क्षेत्रको विकास गर्न सकिने बताएका छन् । 

उद्घाटन सत्रमा बोल्दै राप्तीसोनारी गाउँपालिका वडा न ८ का वडाध्यक्ष शालिकराम डाँगीले कालीमाटी मेलाले सल्यान रुकुम लगाएका जिल्लाहरूबाट बसाइसराइ गरि आएका मानिसहरूलाई धार्मिक आस्थाका रूपले सबैलाई एकसुत्रमा बाँध्ने काम गरेको बताउँदै कालीमाटी मन्दिर , भुवरभवानी,लगायतका धार्मिक स्थलहरू राप्तीसोनारीको पहिचान भएको बताए । मेलाको उदघाट्नसत्रमा बाँके राष्ट्रिय निकुञ्जका हात्ती सहितको र्‍याली पन्चैबाजा,सोरठीनाच , विद्यार्थीहरूको मार्चपास झाँकी प्रस्तुत गरिएको थियो । 

 हरेक वर्ष मङ्सिर पूर्णिमामा लाग्दै आएको सो मेला यस वर्ष मङ्सिर २१ देखि २३ गते सम्म सञ्चालन हुने भएको छ । मेलाको उदघाटनसत्रमा स्वागत मन्तव्य राख्दै मेला मूल आयोजक समितिका संयोजक हर्क बहादुर विष्टले कालामाटी मन्दिर धार्मिक आस्थाका रूपमा एक महत्त्वपूर्ण स्थल रहेको बताउँदै यसलाई बाँके राष्ट्रिय निकुञ्जको पर्यटकीय क्षेत्रको रूपमा लैजानुपर्ने बताए । 

मेलामा लोक तथा दोहोरी गायक गोपाल नेपाल जिएम,कृष्ण रेउले लगायतका कलाकार तथा स्थानीय कलाकारहरू प्रस्तुति रहने आयोजकले जनाएको छ । नाच, प्रदर्शनी देखि खेलकुद प्रतियोगिता समेत रहने छ । मेलामा लोक नृत्य र राप्ती सोनारी गाउँपालिका स्तरीय खुल्ला भलिबल प्रतियोगिता, ब्याडमिन्टन,कुर्सी दौड, भाले समात्ने लगायतका आधा दर्जन खेलको समेत आयोजना गरिएको छ ।

 खेल संयोजक कृष्ण सुनारले नृत्यको दर्ता शुल्क ५ सय ५, भलिबलको २ हजार ५, ब्याडमिन्टनको १ हजार १ सय ५ रुपैयाँ राखिएको जानकारी दिए । भलिबलमा प्रथम हुनेलाई १५ हजार रकम र प्रमाण पत्र, द्वितीयको ८ हजार र प्रमाण पत्र, नृत्यमा प्रथम हुनेलाई ५ हजार र प्रमाणपत्र, द्वितीयलाई ३ हजार र प्रमाण पत्र, ब्याडमिन्टनमा प्रथम हुनेलाई १० हजार र प्रमाण पत्र, द्वितीय हुनेलाई ५ हजार र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । मेलाको उद्घाटन सत्रमा विभिन्न सङ्घ संस्थाका प्रतिनिधि ,सामुदायिक वनका प्रतिनिधि ,शिक्षक ,विद्यार्थी सुरक्षाकर्मी,सर्वसाधारण लगायतको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ