arrow

हिंसा पीडितको पक्षमा वकालत गरेकी ज्यास्मिनलाई धम्की, ज्यान सुरक्षाको निवेदन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २२ बिहिबार
mahila-aayog.jpg

काठमाडौं । ज्यान सुरक्षा गरी पाऊँ भन्दै अधिकारकर्मी जस्मिन ओझाले राष्ट्रिय महिला आयोगमा निवेदन दिएकी छिन् । हिंसापीडित बिनु यादवको पक्षमा वकालत गरेको भन्दै पीडक पक्षले निरन्तर ज्यान धम्की दिएपछि ओझाले आयोगमा मंगलबार निवेदन दिएकी हुन् ।

उनले आफूले विभिन्न हिंसा पीडितहरूलाई सहयोग गर्दै आएको तर पीडक पक्षले डर धम्की दिँदै आएको उनले निवेदनमा उल्लेख गरेकी छिन् । आफूलाई सुनसान गल्लीमा ढुंगा हानी शारीरिक हमला भएकाले जीउज्यानको रक्षा गरिपाऊँ भन्दै निवेदन दिएको ओझाले जनाएकी छिन् ।

बलात्कार पीडित युवती, किशोरी तथा महिला हिंसामा परेकाको पक्षमा ओझाले न्यायका लागि आवाज उठाएकी छिन् । उनले आफूले घर बाहिर हिँड्नसमेत असुरक्षित महसुस गरेको निवेदनमा उल्लेख गरेकी छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ