समानुपातिक सांसदको टुंगो एमालेले शुक्रबारमात्रै लगाउने
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २२ बिहिबार
1.8k
Shares
काठमाडौं । नेकपा एमालेले सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसदको टुंगो शुक्रबार लगाउने भएको छ । नेकपा एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले शुक्रबार बस्ने पार्टी सचिवालय बैठकले समानुपातिक सांसदको टुंगो लगाउने जानकारी दिए ।
नेकपा एमालेले सबै क्लस्टर मिलाएर निर्वाचन आयोगले पठाएको पत्रअनुसार सांसदको टुंगो लगाउने छ । एमालेले प्रतिनिधिसभामा ३४ सिट पाएको छ ।