arrow

यी हुन् राष्ट्रिय पार्टी बन्न नसकेको नेकपा एसका नौ समानुपातिक प्रदेश सांसदहरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २४ शनिबार
ncp-united-socialist-party-office.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रिय पार्टी बन्न नसकेको नेकपा एकीकृत समाजवादीले समानुपातितर्फ प्रदेशमा पाएको ९ सांसदको चयन गरेको छ । माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एसले प्रदेशतर्फ भने समानुपातिकमा ९ सिट पाएपछि उनीहरुको नामावली टुंगो लगाएको हो । 

एकीकृत समाजवादीले बागमती प्रदेशमा काठमाडौंकी ओमकुमारी श्रेष्ठ र धादिङकी मायादेवी श्रेष्ठलाई चयन गरेको छ । प्रदेश १ मा विद्या चाम्लिङ, मधेस प्रदेशमा धनुषाका रत्नेश्वर गोइत, रौतहटकी किशोरी देवी र बाराकी लक्ष्मीदेवी चयन भएका छन् ।

यस्तै लुम्बिनी प्रदेशमा भगवती अधिकारी घिमिरे, कर्णालीमा कल्याणी खड्का र सुदूरपश्चिम प्रदेशमा कञ्चनपुरकी माया पन्तको नाम चयन गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ