- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले संसद् सचिवालयसँग सूचना माग गरेका छन्।अध्यक्ष यादवले सूचना हकको ऐन २०६४ बमोजिम संसद् सचिवालयसँग सूचना माग गरेका हुन्।
उनले लिखित निवेदन दर्ता गर्दै पछिल्लो संसद्को पाँच वर्षे २०७४ देखि २०७९ सम्मको कार्यकालमा सांसदहरूमा तलब एवं अन्य सुविधामा खर्च भएको कुल रकमको प्रमाणित प्रतिलिपि माग गरेका छन्।
त्यस्तै उनले संसद्को पछिल्लो पाँच वर्षमा सांसदहरूले लिएको भत्ता, संसदीय कोषमार्फत खर्च भएको रकम र तलब भत्ता नलिई राष्ट्रलाई सहयोग गरेको सांसदहरूको सूची माग गरेका छन्।