arrow

भूमेमातालाई बेथानचोक अध्यक्ष कप फुटबलको उपाधि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २५ आइतबार
football-village-kavre.jpg

चलाल गणेशस्थान । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका, बेथानचोक खेलकुद विकास समितिद्वारा आयोजित चौथो बेथानचोक अध्यक्ष कप वडा स्तरीय फुटबल प्रतियोगिता २०७९ को उपाधि वडा नं ४ को भूमिमाता युवा क्लबले चुमेको छ । 

प्रतियोगितामा वडा नं ४ कै गणेशस्थान युवा क्लब  दोश्रो भयो भने वडा नं ६ को स्टार युवा क्लब तृतीय भयो । मंसिर २० देखि २५ गतेसम्म वडा नंं ४ को चलाल गणेशस्थानमा सम्पन्न प्रतियोगिता शनिबार सम्पन्न भयो । कूल समय अवधिमा दुवैतर्फ २–२ गोल भई थपिएको समयमा पनि कुनै गोल हुन नसकेपछि प्रतियोगिता ट्राइब्रेकरतर्फ धकेलिएको थियो । 

प्रतियोगिता समापन कार्यक्रमलाई सम्बोधन गर्दै बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बेथानचोक गाउँपालिकाले खेलकुदको विकासमा ध्यान दिएको बताउँदै समय समयमा यस्ता प्रतियोगिता गर्दै जाने बताए । खेलले शरीर र मन दुवै स्वस्थ रहने बताउँदै उनले खेलकुदले एकाग्रता, अनुशासनको भाव बनाउने त छँदैछ यसका अलावा खेलकुदले आपसी सद्भाव र भाइचारा वृद्धि हुने पनि बताए । 

वडा स्तरबाटै खेलकुद विकासका लागि र युवाहरुमा खेलभावना वृद्धि गर्न यस्ता प्रतियोगिता सहायक हुने उनको भनाई थियो । नयाँ प्रतिभा जन्मिने र क्रियाशीलहरुको शैली र शिल्पीमा निखारपन आउने हुँदा पनि खेलकुदको विकाससँगै यसका पूर्वाधार विकासका लागि पनि आफूहरु जिम्मेवार भएर लागि रहने उनको भनाई छ ।

खेलकुदका पूर्वाधार विकास गर्न सके कृषि र पर्यटनसँगै खेलकुदबाट पनि बेथानचोकले केही गर्नेमा आफू विश्वस्त रहेको उनको भनाई छ । खेलकुद मनोरञ्जनका लागि मात्र नभएर राष्ट्रको आधार पनि भएकोले खेलकुदलाई गाउँपालिकाले प्राथमिकतामा राखेको उनको भनाइ थियो । 

चौथो बेथानचोक अध्यक्ष कप वडा स्तरीय फुटबल प्रतियोगिता २०७९ मा प्रथम हुने टिमले नगद ६० हजार प्रमाण पत्र र ट्रफी, दोश्रो हुने हुने टिमले नगद ३० हजार प्रमाण पत्र र ट्रफी र तेश्रो हुने टिमले हुने टिमले नगद १५ हजार प्रमाण पत्र र ट्रफी हाता पारेको छन् । 

प्रतियोगितामा भूमेमाताका सुन्दर तामाङ उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै भूमेमाताकै प्रकाश तामाङ उत्कृष्ट स्ट्राइकर, गणेशस्थान युवा क्लका सुवास तामाङ उत्कृष्ट गोल रक्षक र गणेशस्थान युवा क्लबका सौभाग्य लामा उच्च गोलकनर्ता हुन सफल भए । 

सेभेन ए साइड कूल १६ वटा टिम सहभागी प्रतियोगिता नक आउट चरणमा खेलाइएको थियो । प्रतियोगिताका संयोजक चिरञ्जीवी लामाका अनुसार प्रतियोगिता सम्पन्न पार्न विभिन्न क्षेत्रबाट सहयोग गर्ने करिब १८ जना व्यक्ति तथा संघसंस्थालाई सम्मान गरिएको थियो । 

कार्यक्रममा वडा नं. १ का अध्यक्ष मधुसुधन तिमल्सिना, ३ का अध्यक्ष कुबेर ढकाल तथा ५ का अध्यक्ष राजकुमार लामाको पनि उपस्थिति रहेको थियो । प्रतियोगितामा “गेम विनिङ मोमेन्ट” सिर्जना गर्ने खेलाडीलाई इन्जिनियर अनिष ब्लोनले नगर रु ५ हजार प्रदान गरेका थिए । 

प्रतियोगिता समापन समारोहको अध्यक्षता बेथानचोक गाउँपालिका खेलकुद विकास समितिका उपाध्यक्ष भोज बहादुर तिमल्सिनाले गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ