arrow

कसरी मनाउँदैछ काठमाडौंले महानगर दिवस ? फुटबलमा हारे बालेन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २६ सोमबार
walendra-sah-football.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाले अगामी २९ गते महानगर दिवस मनाउने भएको छ । दिवसका आवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको छ । २८ महानगर दिवसको अवसरमा आ–आफ्नो कार्यालयमा दिपावली गर्न महानगरले आग्रह गरेको छ । 

महानगर दिवस मनाउने क्रममा आज काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीबीच दशरथ रंगशालमा फुटबल प्रतियोगिता सम्पन्न भएको छ । 

सो क्रममा जनप्रतिनिधिको टिम पराजित भएको छ ।  प्रतियोगितामा मेयर वालेन्द्र साह बालेनले पनि फुटबल खेलेका थिए । उनको टिम प्रशासकीय अधिकृतको टिमसँग ६–१ ले पराजित भएको छ । फुटबल हेर्न उपमेयर सुनिता डंगोल पनि उपस्थित थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ