arrow

मकवानपुरको इन्द्रसरोवर हत्या घटनाः एक जना पक्राउ

logo
रविन्द्र गौतम
प्रकाशित २०७९ मंसिर २६ सोमबार
hatya-murder.jpg

मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका -३ सिस्नेरीमा हत्या गरेर खाल्डोमा गाडिएको अवस्थामा फेला परेको शवको अनुसन्धानको क्रममा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

गत २४ गते साँझ सिस्नेरी ज्यामिरेकी स्थानीय ३६ वर्षीया सरस्वती वाइबाको शव टाउको र शरीरमा लगाएको थोरै लुगा देखिने गरी गाडिएको अवस्थामा फेला परेको थियो ।

अनुसन्धान गर्ने क्रममा एक जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको मकवानपुर प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

सरस्वती केही दिनदेखि हराएको भन्दै उनको परिवारले प्रहरी कार्यालयमा खोजी गरिदिन निदेवन दिएका थिए । महिलाको हत्या गरेर गाडिएको अवस्थामा शव फेला परेपछि प्रहरीले तालिम प्राप्त कुकुरसहित अनुसन्धानलाई अगाडि बढाएको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका शवको पोष्टमार्टमको रिपोर्ट आएको छैन भने घटनाको थप अनुसन्धान भइरहेको छ । अनुसन्धान भैरहेकाले पक्राउ परेका व्यक्तिको परिचय खुलाउन नमिल्ने प्रहरीले बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ