arrow

ग्लोबल आइएमई र बिओकेद्वारा मर्जर स्वीकृतिका लागि राष्ट्र बैङ्कमा संयुक्त निवेदन पेस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २८ बुधबार
global-ime-bok-merger-letter-nrb-2079-2022.jpg

काठमाडौँ। ग्लोबल आइएमई बैङ्क लिमिटेड र बैङ्क अफ काठमान्डुले मर्जर गर्ने सन्दर्भमा अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैङ्क समक्ष बुधवार संयुक्त निवेदन पेस गरेका छन्।

ग्लोबल आइएमई बैङ्क लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैङ्क अफ काठमान्डु लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठले नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई संयुक्त निवेदन पेस गरेका हुन्।

उक्त कार्यक्रममा दुवै बैङ्कका सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थिति रहेको थियो।

यस अघि ग्लोबल आइएमई बैङ्क लिमिटेड र बैङ्क अफ काठमान्डु लिमिटेडबिच मर्जर प्रयोजनका लागि  २०७९ आषाढ २ गते प्रारम्भिक सहमतिमा तथा २०७९ कार्तिक २८ गते अन्तिम सहमतिमा हस्ताक्षर भएको थियो।

मर्जरको निम्ति शेयर स्वाप अनुपात १:१ कायम गर्ने दुवै बैङ्कका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन्। उक्त अनुमोदनलाई दुवै बैङ्कले मसिंर २३ गते दुवै बैङ्कका साधारण सभाबाट समेत पारित गरिसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ