arrow

अतिक्रमण गरी बनाइएका घर भत्काउन शुरु

logo
सौरभ गिरी, 
प्रकाशित २०७९ मंसिर २८ बुधबार
abaidh-ghar-bhatkaudai.jpg

नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकाले अतिक्रमित गरी बनाइएका घर टहरा भत्काउन शुरु गरेको छ । पहिलो चरणमा बुधबारदेखि नरैनापुर वडा नं १ को महतिनियाबाट घर भत्काउन शुरु गरिएको छ।

गाउँपालिकालाई व्यवस्थित गर्ने गुरुयोजना अनुरुप घरटहरा भत्काउन शुरु गरिएको वडा नं १ का अध्यक्ष इसाक जोहलले बताए । उनले वडा सदस्य रियाज खाँले अतिक्रमण गरी बनाएको घर भत्काउन पटक पटक लिखित जानकारी गराएपनि घर नभत्काएपछि डोजर लगाएर भत्काउन बाध्य भएको बताए ।

गाउँपालिका क्षेत्रभित्र सार्वजनिक जग्गालाई मिचेर बनाइएका घर तथा अन्य पक्की संरचना गाउँपालिकाले डोजर लगाएर भत्काउने प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए ।

पालिकालाई ब्यवस्थित बनाउने लक्ष्य अनुरुप पहिलो चरणमा अतिक्रमण गरेर बनाइएका घरहरु भत्काउन थालेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताए । ‘सार्वजनिक सम्पत्तिको दोहन गरी कसैले पनि यसरी संरचना बनाउन पाउँदैन,’ अध्यक्ष शाहले भने, ‘नियम मिचेर बनाइएका यस्ता संरचना क्रमश गाउँपालिकाले भत्काउँदै जानेछ ।’

गाउँपालिकाले सार्वजनिक जग्गाहरू अतिक्रमण गरेर बनाइएका भौतिक संरचनाहरू हटाउन पटक(पटक लिखित पत्र समेत दिएको थियो । स्थानीयले अटेर गरेपछि डोजर लगाएर हटाउन सुरु गरिएको नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहले बताए । गाउँको सडक साँघुरो हुँदै गएकाले ब्यवस्थितरुपमा सडक विस्तार गर्ने उद्देश्यका साथ प्रहरीको सहयोगमा अतिक्रमित घरटहरा भत्काउन सुरु गरिएको अध्यक्ष शाहले बताए ।

अध्यक्ष शाहका अनुसार पहिलो चरणमा नरैनापुर १ र ४ मा गरी एक दर्जन घरमा डोजर लगाएर भत्काइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ