arrow

व्यासमा विद्युतीय कर भुक्तानी सेवाको शुभारम्भ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १ शुक्रबार
vyas nagarpalika.jpg

तनहुँ । जिल्लाको व्यास नगरपालिका कार्यालयमा बिहीबारदेखि विद्युतीय कर भुक्तानी सेवाको शुभारम्भ गरिएको छ ।

नगरपालिका नगरप्रमुख वैकुण्ठ न्यौपानेले एक कार्यक्रमका बीच आफ्नो कर तिरेर उद्घाटन गरे ।

सो अवसरमा उनले गण्डकी प्रदेशको समन्वयमा रु दुई करोडको लागतमा कर भुक्तानी सेवा सञ्चालनमा ल्याइएको बताए ।

व्यास नगरपालिका मातहत रहेका १४ वटै वडामा डिजिटल प्रविधिको अभ्यास भइरहेको उनले जानकारी दिए । “चुस्त, दुरुस्त र विश्वसनीय बनाउने विश्वास लिएको छौँ”, उनले भने, “कमीकमजोरीलाई सुधार गर्दै अघि बढ्ने छौँ ।”

प्रत्येक वडाका नागरिक बडापत्र राखेर प्रविधिमैत्री बनाउन लागेको उनको भनाइ थियो । विद्युतीय कर भुक्तानीका लागि विद्युत् र इन्टरनेटको पहुँच पुग्न आवश्यक रहेको व्यासका आइटी इञ्जीनियर टीकाराम दाहालले बताए ।

पराम्परागत शैलीबाट काम गर्न झन्झटिलो हुनुका साथै ढिलासुस्ती हुने भएकाले बदलिँदो परिस्थितिअनुरूप आधुनिकीकरणलाई अवलम्बन गर्न आवश्यक रहेको उनको भनाइ थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ