arrow

कोहलपुरमा जथाभाबी पार्किङ गरे ‘ह्वील लक’

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १ शुक्रबार
bake-wheel-lock.jpg

कोहलपुर (बाँके )। के तपाईँ बाँकेको कोहलपुरमा सवारी साधन चलाउनुहुन्छ ? चलाउनुहुन्छ भने जथाभाबी पार्किङ नगर्नुहोला । यदि त्यसो गरे कोहलपुर नगर प्रहरीले ‘ह्वील लक’ (सवारी साधनको पाङ्ग्रामा साँचो) लगाउन सक्छ । 

कोहलपुर नगर प्रहरीले कोहलपुर बजार क्षेत्रमा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न ‘ह्वील लक’ लगाउने अभियान सुरु गरेको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए ।

नगर प्रहरी प्रमुख थापाले अनाधिकृत रूपमा पार्किङ गर्ने सवारी साधनलाई विशेष कारबाही अन्तर्गत ‘ह्वील लक’ लगाउन सुरु गर्न लागिएको जानकारी दिए । ‘ह्वील लक’ अभियान अन्तर्गत आजदेखि नगरमा माइकिङ गर्न सुरु गरिएको छ । जथाभाबी पार्किङले ट्राफिक जाम हुने र दुर्घटनाको जोखिम समेत हुने भएकाले त्यसलाई नियन्त्रण गर्न कडाइ गर्न थालिएको उनको भनाई छ । कोहलपुर भित्री बजार क्षेत्रमा पनि अव्यवस्थित पार्किङलाई निरुत्साहित गर्ने गरी अभियान थालिएको नगर प्रहरी प्रमुख थापाले बताए ।

‘आजदेखि सचेतनाका लागि माइकिङ गर्न सुरु गरेका छौं, उनले भने–‘निश्चित पार्किङ स्थल बाहेक अन्यत्र सवारीसाधन पार्किङ गरेको पाइए नगर प्रहरीले ‘ह्वील लक’ लगाएर सवारी साधन कारबाही गर्नेछ ।’ कोहलपुर नगर प्रहरीले अहिले पाँच वटा ‘ह्वील लक’ ल्याएको छ । कोहलपुर नगर प्रहरीले नगरलाई व्यवस्थित पार्ने अभियान अन्तर्गत फुटपाथ, ठेला, अतिक्रमित संरचना लगायतलाई हटाउने काम गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ