arrow

सुधारिँदै वर्षमानको स्वास्थ्य

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १ शुक्रबार
barshaman-pun-bimar.jpg

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार हुँदै गएको छ । जन्डिस बिग्रेर फेरि अस्वस्थ भएपछि पुनको अहिले चीनमा उपचार भइरहेको छ ।

पारिवारिक स्रोतले पुनको स्वास्थ्यमा उल्लेख्य सुधार हुँदै गएको जनाएको छ । एक वर्षअघि पनि पुन चीनमा दुई महिना लामो उपचार गरेर फर्केका थिए । चुनाव सकिएलगत्तै उनमा फेरि स्वास्थ्यमा समस्या देखिएपछि उनी चीन गएका हुन् । 

यसअघि उनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेनमा उपचार गरिएको थियो। अहिले पनि उनको सोही अस्पतालमा उपचार भइरहेको छ । 

पूर्वअर्थ र ऊर्जामन्त्रीसमेत रहेका पुन लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित छन् ।



नयाँ