arrow

सांसदहरूलाई शुक्रबारसम्म शपथ खुवाउने तयारी, ज्येष्ठ सदस्यबारे अझै विवाद

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ४ सोमबार
Parliament_building-1619601493.png

काठमाडौं । संसद् सचिवालयले आगामी शुक्रबारसम्म प्रतिनिधि सभा सदस्यहरूलाई सपथ खुवाउने तयारी थालेको छ । प्रतिनिधि सभाका दुई सय ७५ सांसदमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले पहिले पद तथा गोपनीयताको सपथ खुवाएपछि उनले सबै सांसदलाई सपथ खुवाउने भएका छन् ।

संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले ७ वा ८ पुसमा सपथ खुवाइसक्ने बताएका छन् । संसद् सचिवालयले मंगलबारसम्म ज्येष्ठ सदस्यको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने भएको छ ।

अहिले सचिवालयले निर्वाचन आयोगसँग प्रतिनिधि सभा सदस्यको विवरण मागेको र तीमध्ये ज्येष्ठ सदस्यको नाम छनोट गरेर राष्ट्रपतिसमक्ष पठाउने गृहकार्यमा सचिवालय जुटेको छ ।

सांसदहरूलाई सपथ खुवाउन दुई तीन दिनअघि नै सूचना जारी गर्नुपर्ने हुन्छ । किनकि प्रतिनिधि सभा सदस्यमा विभिन्न जात, समुदाय, क्षेत्रबाट सांसदहरू निर्वाचित भएर आएका छन् । उनीहरूले आफ्नै मातृभाषामा सपथ लिन चाहेमा संसद् सचिवालयले सोहीअनुसारको सपथ पत्र तयार गर्नुपर्ने हुन्छ ।

तर, अहिलेसम्म ज्येष्ठ सदस्य को भन्ने अझै स्पष्ट भइसकेको छैन । नागरिकताअनुसार महिन्द्र राय यादव ज्येष्ठ सदस्य हुन् । उनको उमेर ८५ वर्ष छ । तर, उनले त्रुटिका कारण आफ्नो उमेर नागरिकतामा बढी भएको र सच्याउन निवेदन दिएका छन् । 

उनले निर्वाचन आयोगले अझैसम्म आफ्नो उमेर नसच्याएको भन्दै नैतिकताका आधारमा ज्येष्ठ सदस्यका रूपमा शपथ नलिने बताएका छन् । यादवपछि राप्रपाका समानुपातिक सांसद पशुपतिशमशेर जबरा ज्येष्ठ सदस्य छन् । यदि यादवले सपथ नखुवाएमा राप्रपा सांसद जबराले सबैलाई पद तथा गोपनीयताको सपथ खुवाउने छन् ।



नयाँ