arrow

सांसदको शपथपछि मात्र प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाइनु पर्छ – डा शशांक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ४ सोमबार
rambaran-yadav-sashank-koirala.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले सांसदहरुको शपथपछि मात्र नयाँ प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन् । 

सोमबार प्रथम राष्ट्रपति डा. रामवरण यादवलाई भेट्न पुगेका डा. कोइरालाले प्रतिनिधि सभाका ज्येष्ठ सदस्यले सांसदहरुको शपथ गराइसकेपछि मात्र प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाउनुपर्ने प्रतिक्रिया दिएका हुन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सात दिनको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेपछि सोमबार डा. कोइरालाको यस्तो प्रतिक्रिया आएको हो । 

‘सांसदहरुको शपथ नै नगराइ नयाँ सरकार गठनप्रक्रियाका लागि आह्वान गर्नु विधि, विधान विपरीत छ । पहिले सांसदहरुको शपथ गराएर मात्र सरकार गठन अघि बढाउनु उपयुक्त विधि हो,’ डा. कोइरालाले भने ।

भेटमा राजनीतिक दलहरुप्रति आम नागरिकको वितृष्णा बढेको भन्दै यसका लागि दलीय राजनीतिप्रति विश्वास बढाउन निर्वाचित सांसदहरुको भूमिका गहन हुने पनि उनको भनाइ थियो । 

देशमा बढ्दो भ्रष्टाचार, बेथिति र  दलीय राजनीतिप्रतिको वितृष्णाले थप अस्थिरता निम्तिने भएकाले यस विषयमा सांसदहरु गम्भीर बन्नुपर्ने डा. कोइरालाले सुझाव दिएको भेटमा सहभागी कांग्रेस नेता संजिव ढकालले जानकारी दिए ।

भेटका क्रममा पूर्व राष्ट्रपति डा. यादवले नेपालको पछिल्लो राजनीतिक घटजाक्रम र निर्वाचन परिणामका बारेमा चासो राखेका थिए । 

कांग्रेसको संसदीय दलको नेता चयन प्रक्रिया अघि बढिरहेका बेला डा. शंशाकले भेटघाटलाई तीव्रता दिएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ