- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । फ्रेन्च स्ट्राइकर करिम बेन्जेमाले अन्तर्राष्ट्रिय खेल जीवनबाट संन्यासको घोषणा गरेका छन् । कतार विश्वकप फुटबल अघिको अभ्यासका क्रममा चोट लागेपछि बेन्जेमा टोलीबाट बाहिरिएका थिए ।
फ्रान्स विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएको भोलिपल्ट सामाजिक सञ्जालमार्फत बेन्जेमाले अन्तर्राष्ट्रिय खेल जीवनबाट संन्यास लिने निर्णयमा पुगेको जनाएका हुन ।
स्पेनिश क्लब रियाल मड्रिडबाट व्यवसायिक फुटबल खेलिरहेका बेन्जेमाले सोमबार संन्यासको घोषणा गरेका हुन् ।
यसै वर्ष बालोन डी’ओर जितेका बेन्जेमाले फ्रान्सका लागि ९७ खेलमा ३७ गोल गरेका छन् । सन् २००७ मा अष्ट्रियाविरुद्धको खेलमार्फत अन्तर्राष्ट्रिय ‘डेब्यु’ गरेका बेन्जेमाले यही वर्ष क्रोएसियाविरुद्ध अन्तिम खेल खेलका थिए ।