arrow

सांसदको शपथः राष्ट्रिय पोशाकमा आउन एमालेको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ६ बुधबार
uml-cpn.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभाका सांसदलाई शपथ ग्रहण समारोहमा राष्ट्रिय पोशाकमा उपस्थित हुन निर्देशन दिएको छ । 

एमालेका संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचत सबै सांसदलाई राष्ट्रिय पोशाकमा उपस्थित हुन निर्देशन दिएको पार्टी केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए । 

यही पुस ५ गते एमालेले संसदीय दलको नेतामा पार्टी अध्यक्ष ओलीलाई चयन गरेको थियो । नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउने छन् । 

संसद् सचिवालयले शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन अनुरोध गरेको छ । एमालेले प्रतिनिधिसभातर्फ ७८ सिट प्राप्त गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ