- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा जितेका सांसदहरुले आज सामूहिक शपथ ग्रहण गरेका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा उपस्थित हुँदै सबै प्रतिनिधिले शपथ लिएका हुन् ।
दिउँसो १ बजे शपथका लागि सांसदहरूलाई संसद सचिवालयले बोलाएको भए पनि २० मिनेट ढिला गरी शुरु भएको थियो । संसदका जेष्ठ सदस्य एवं राप्रपामा नेता पशुपति शमशेर जबराले उनीहरूलाई सपथ गराएका छन् ।
शपथ ग्रहणपछि सांसदहरु जलपान समारोहमा उपस्थित भएका छन् । शपथमा सहभागी सदस्यहरू कोही आफ्नो सँस्कृति झल्काउने पोशाकमा सजिएका छन् भने कतिपयले राष्ट्रिय पोशाक दौरा सुरुवाल लगाएका छन् ।