arrow

बिमार माधव पुगे तर १७ सांसद पुगेनन् शपथ खान 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ७ बिहिबार
madhav-nepal-barshaman-pun.jpg

काठमाडौं । प्रतिनिधि सभा सदस्यमा पदको शपथ ग्रहण कार्यक्रममा १७ जना सांसद अनुपस्थित रहेका संघीय संसद सचिवालयले जनाएको छ ।  बिहीबार दिउँसो भएको शपथ ग्रहण कार्यक्रममा उनीहरु उपस्थित नभएका संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार अनुपस्थित १७ जना सांसदहरूको शपथ पछि हुनेछ । तर उनीहरुले नआउने बारेमा कुनै जानकारी गराएको उल्लेख छैन । यता बिमार भएर पनि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने अस्पतालबाट सिधै शपथ खान पुगे । 

निमोनियाबाट ग्रस्त उनी तीन दिनदेखि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ