arrow

मधेसमा प्रदेश सभा सदस्यहरुको सपथ ग्रहण शुक्रबार

logo
निरञ्जन साह,
प्रकाशित २०७९ पुष ११ सोमबार
madhes-pradesh-sabha-building-2079.jpg

जनकपुरधाम । मधेस प्रदेश सभाका लागि निर्वाचित प्रदेश सभा सदस्यहरुको शुक्रबार शपथ ग्रहण हुने भएको छ । सोमबार प्रदेश सभा सचिवालयमा बसेको सर्वपक्षीय बैठकमा पुस १५ गते शुक्रबार २ बजे १ सय ७ जना प्रदेशसभा सदस्यहरुले सपथ ग्रहण गर्ने सहमति जुटेको हो ।

सर्वप्रथम ज्येष्ठ प्रदेशसभा सदस्य गोविन्दबहादुर न्यौपानेलाई मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले सपथ ग्रहण गराउने र त्यसपछि ज्येष्ठ सदस्य न्यौपानेले बाँकी १ सय ६ जना सदस्यहरुलाई सपथ ग्रहण गराउने छन् ।

 सर्वपक्षीय बैठकमा सहभागी विभिन्न राजनितिक दलका सांसदहरुले आ–आफ्नो पार्टीले मधेस सरकारको नेतृत्व गर्न पाउनु पर्ने बताए । मधेस प्रदेश सरकारमा जसपा र जनमतको मुख्य दाबी देखिएको हो ।

एमालेका सांसदहरु भने दलीय सहमतिका आधारमा आफूहरु अगाडि बढ्ने बताउँदै पार्टीको निर्णय आउन बाँकी रहेको बताए । प्रतिपक्षी कांग्रेस र लोसपाले भने संघीय सरकारको गठबन्धन अनुसार नै प्रदेशमा सरकार बन्ने भएकाले आफूहरु प्रतिपक्षमा बस्न तयार रहेको बताए ।

मधेसमा प्रदेश सरकार निर्माणका लागि ५४ सांसदको आवश्यकता रहेकामा एमाले नेतृत्वको गठबन्धनसँग एमालेको २३, जसपा १५, जनमत १३, माओवादी ८ गरी कुल ६८ सांसद पुगेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ