arrow

गम्भीर घाइते महिलाको हेलिकप्टरमार्फत उद्धार

logo
प्रकाशचन्द्र भट्ट, 
प्रकाशित २०७९ पुष ११ सोमबार
uddar-helicoptor-2079.jpg

दार्चुला । दार्चुलामा भीरबाट लडेर गम्भीर घाइते भएकी महिलाको उद्धार गरिएको छ । मालिकार्जुन गाउँपालिका–५ डाँडाकोट बस्ने ३४ वर्षीया लक्ष्मी लोहारको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । 

आइतबार घाँस काट्ने क्रममा लोहरा भीरबाट लडेर गम्भीर घाइते भएकी थिइन् । घाइते लोहारलाई राति नै उपचारका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएको तथा त्यहाँ उपचार सम्भव नभएपछि सोमबार दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर मेडिकल कलेज लगिएको सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले जानकारी दिए । 

उनको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ