arrow

एमाले र एसबीच पार्टी एकताको पहलः माधव नेपाल र विष्णु पौडेलबीच छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १२ मंगलबार
madhav-nepal-bishnu-poudel.jpg

काठमाडौं । डेढ वर्ष अघि पार्टी फुटाएर एमालेबाट अलग भएका माधवकुमार नेपाल समूहलाई एमालेमा फर्काउने प्रयास थालिएको छ । यसका लागि एमाले उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पहल लिएका छन् । 

नेकपा एस पार्टीका अध्यक्ष माधवकुमार नेपाल र उपाध्यक्ष पौडेलबीच मंगलबार साँझ भेटघाट भएको छ । एस पार्टीका नेता सोमप्रसाद पाण्डेको घरमा उनीहरुबीच भेटघाट भएको स्रोतले जनाएको छ । 

यसअघि अध्यक्ष नेपालसँग वामदेव गौतमले भेटघाट गरेका थिए । गौतमले भेटघाट गरेको केही समयमै अर्थमन्त्री पौडेलले भेटघाट गरेका हुन् । एमाले र माओवादीभित्र वाम एकताको पक्षमा वकालत गर्दै आएका नेताहरुको संयोजनमा पौडेलले अध्यक्ष नेपालसँग भेटघाट गरी एमालेमै फर्कन आग्रह गरेका छन् । 

एमालेका नेताहरुले माधव नेपाल र अन्य नेताहरुसँग पनि निरन्तर छलफल गरिरहेका छन् । त्यस क्रममा साँझ पौडेलले नेपाललाई भेटेका हुन् ।

समाजवादीका अधिकांश नेताहरुले एमालेसँग पार्टी एकताको प्रस्ताव गर्नुपर्ने पक्षमा दबाब दिइरहेका थिए । सोही क्रममा दुई नेताहरुबीच भेटघाट भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ