arrow

कठ्याङ्ग्रिदै रुपन्देहीबासी

logo
नारायण वली, 
प्रकाशित २०७९ पुष १३ बुधबार
butwal-bazar-cold.jpg

रुपन्देही । देशमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसका कारण रुपन्देही सहित देशभर अत्यधिक चिसो बढेकाले जनजीवन प्रभावित हुन पुगेको छ । 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेश सहित प्रदेश नं १, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही सुदूरपश्चिम र तराईका भू–भागमा हुस्सु–कुहिरो लागेको जनाएको छ ।

पूर्वानुमान महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा वताएको छ । 

प्रदेश नं १ र गण्डकी प्रदेशको हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमानद्धारा जारी बुलेटिनमा उल्लेख गरिएको छ । बुटवलको तापक्रम १२ डिग्री सेल्सियसमा झरेको छ । बाहिर शितलहरसमेत देखा परेको छ ।

देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रुपमा घट्दै जाने तथा तराईका केही भू–भागमा  बिहानीपख हुस्सु –कुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जीवन र सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ