arrow

सन् २०२२ मा विश्वले गुमाएका स्मरणीय व्यक्तित्वहरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १६ शनिबार
deaths-in-2022-elizabeth-zemin.jpg

काठमाडौं । अंग्रेजी नयाँ वर्ष सन् २०२३ को आगमन हुनै लाग्दा सन् २०२२ का केही महत्वपूर्ण घटनाक्रमहरु अविस्मरणीय रहेका छन् । सन् २०२२ मा विश्वभर यो संसारबाट बिदा भएका बिशिष्ट व्यक्तित्वहरु मध्ये केही यहाँ उल्लेख छन् ।

सत्यमोहन जोशी

नेपालमा शताब्दी पुरुष भनेर चिनिएका साहित्यकार एवं विद्वान सत्यमोहन जोशीको निधन सन् २०२२ मा भएको थियो। सन् २०२२ को अक्टोबर १६ अर्थात् वि.स. २०७९ को असोज ३० गते १०३ वर्षको उमेरमा उनको निधन भएको थियो।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

तीन पटक मदन पुरस्कार विजेता शताब्दी पुरुष जोशीको जन्म वि. सं. १९७७ वैशाखको ३० गते ललितपुरको बखुम्बहालमा भएको थियो ।

एलिजाबेथ द्वितीया

सन् १९२६ मा जन्मिदा थोरैले एलिजाबेथ अलेक्जान्ड्रा मेरी विन्डसर बेलायतको सबैभन्दा लामो समय शासन गर्ने सम्राज्ञी बन्नेछन् भनेर अनुमान गरेका थिए। तर सन् १९३६ मा उनका काका एडवर्ड आठौंले दुई पटक सम्बन्धविच्छेद भएकी अमेरिकी वालिस सिम्पसनसँग विवाह गर्न सिंहासन त्याग गरे ।

ठूलो आघात- बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा विश्व स्तब्ध

उनका पिता राजा जर्ज छैटौंको मृत्यु पछि एलिजाबेथले सन् १९५२ मा सिंहासनमा प्रवेश गरिन् । उनले पति प्रिन्स फिलिप एडिनबर्गको ड्यूकको सन् २०२१ मा मृत्यु हुनुअघि ७० वर्षको शासनकाल बिताइन् ।

युद्धपछिको तपस्या साम्राज्यबाट राष्ट्रमंडलमा झर्दै शीतयुद्धको अन्त्य र बेलायतको ईयुमा प्रवेशदेखि युरोपेली संघ (ईयू) बाट बाहिरिनेसम्मका घटनाक्रमको साक्षी बनिन् रानी एलिजाबेथ द्धितीया । सन् २०२२ को सेप्टेम्बर ८ मा उनको निधन भएको थियो।

लता मंगेशकर

भारतीय महान् गायिका लता मंगेशकरको निधन सन् २०२२ को फेब्रुअरी ६ मा मुम्बईमा भएको थियो । कयौं दशक चलचित्रहरुमा र चलचित्रबाहिर पनि गरी लता मंगेशकरले हजारौं गीतहरु गाइन् । उनले थुप्रै भाषामा गीत गाइन् । 

लता मंगेशकरको निधन : भारत शोकमा, दुई दिन राष्ट्रिय झण्डा आधा झुकाइने

उनका कालजयी गीतहरु र जादुमयी स्वर एशियाली क्षेत्रका कयौं देशहरुमा गुञ्जिरहन्छन्, भने उनी विश्वभर नै सम्झनामा रहेकी छिन् ।

मिखाइल गोर्बाचेभ

सन् २०२२ को अगस्ट ३० मा एक सम्झन लायक सोभियत लिडर मिखाइल गार्बाचेभको निधन भएको थियो । मिखाइल गोर्बाचेभ २० औं शताब्दीको एक प्रभावशाली राजनीतिक व्यक्तित्व मानिन्छन् । 

तर, उनको नेतृत्वमा सोभियत संघको विघटन हुनुले उनीमाथि अनेकौं प्रश्नहरुसमेत उब्जिएका थिए । मिखाइल सर्गेविच गोर्बाचेभको जन्म २ मार्च १९३१ मा दक्षिणी रुसको स्टाभरोपोल क्षेत्रमा भएको थियो।

पुटिन गोर्बाचेभको अन्त्येटिमा सहभागी नहुने

सन् १९५५ मा मास्को स्टेट युनिभर्सिटीबाट स्नातक गरेपछि उनी कम्युनिष्ट पार्टीका सक्रिय सदस्य रहे पनि उनले आफ्नै नेतृत्वमा कम्युनिस्ट शासनको अन्त्य गराएका थिए ।

शिन्जो आबे

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको सन् २०२२ को जुलाई ८ साँझ चुनावी प्रचारका क्रममा गोली हानी हत्या गरिएको थियो ।

६७ वर्षीय नेता देशको सबैभन्दा लामो समय सेवा गर्ने प्रधानमन्त्रीमध्येका एक थिए । उनले सन् २०२० मा पदबाट राजीनामा दिएका थिए ।

गाेली लागेका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन

गोली लागेपछि उनलाई हेलिकप्टरबाट अस्पताल लगिएको थियो । त्यहाँ उनलाई मृत घोषित गरिएको थियो ।

जियांग जेमिन

सन् १९८९ मा बेइजिङको तियानमेन स्क्वायरमा र वरपरको विरोधमा भएको क्र्याकडाउनपछि चीनको नेतृत्व गर्नको लागि कम्युनिष्ट पार्टीको कडा शक्ति संघर्षबाट उभिएका थिए जियांग जेमिन ।

उनको नेतृत्वमा चीन महान शक्तिशाली मूलुकतर्फ अघि बढ्यो र चीनले विश्व शक्तिहरुको शीर्ष तालिकामा आफ्नो स्थान बनाउन सफलता हात पार्याे ।

जेमिनको निधनप्रति यसो भन्यो सीसीपीले

सन् २०२२ को नोभेम्बर ३० मा उनको ९६ वर्षको उमेरमा निधन भएको थियो । उनी सन् १९८९ देखि सन् २००२ सम्म चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव थिए । सन् १९८९ देखि सन् २००४ सम्म केन्द्रीय सैन्य आयोगको अध्यक्षको र सन् १९९३ देखि सन् २००३ सम्म चीनको राष्ट्रपति रहेका थिए । जियाङ चीनको सर्वोच्च नेता हुन् ।

भ्लादिमिर झिरिनोव्स्की

रुसका राष्ट्रवादी राजनीतिक नेता भ्लादिमिर झिरिनोव्स्कीको सन् २०२२ को अप्रिल ६ मा ७५ वर्षको उमेरमा निधन भएको थियो ।कोरोना भाइरसको संक्रमणसँगै निमोनिया देखिएका उनको अस्पताल भर्ना भएको हप्तापछि निधन भएको थियो ।

सन् २०२१ को डिसेम्बरमा भ्लादिमिर झिरिनोव्स्कीले रूसले युक्रेनमा आक्रमण गर्ने भविष्यवाणी गरेका थिए ।

पेले

महान् फुटबल खेलाडी एडसन एरेन्टस डो नासिमेन्टो अर्थात् पेलेको बिहीबार (२९ डिसेम्बर) मा निधन भएको छ।

ब्रजिलको सानो शहर मिनास गेराइसमा सन् १९४० अक्टोबर २३ मा जन्मेका पेलेको ८२ वर्षको उमेरमा मिर्गौला र प्रोस्टेटको रोगसँग लडिरहँदा निधन भएको हो।

 जब पेलेको खेल हेर्न ४८ घण्टाका लागि युद्ध रोकियो

पेले २० औं शताब्दीका सबैभन्दा सफल लोकप्रिय खेल व्यक्तित्वहरु मध्ये एक हुन् । पेलेका नाममा कयौं कीर्तिमान रहेका छन् ।

तीन पटक फिफा विश्वकप जिताउने एक मात्र खेलाडीदेखि सबैभन्दा बढी गोलकर्ता खेलाडीसमेत पेले हुन् । पेलेले ब्रजिलका लागि ७७ सहित कुल १ हजार २ सय ८३ प्रथम श्रेणी गोल गरेका छन् ।

शेन वार्न

अस्ट्रेलियाका प्रख्यात क्रिकेटर शेन वार्नको थाईल्यान्डमा सन् २०२२ को मार्च ४ मा थाईल्यान्डमा निधन भएको थियो ।

रहेनन् अष्ट्रेलियाका क्रिकेट लिजेन्ड शेन वार्न 

उनी बिदा मनाउन थाईल्यान्डको कोह सामुई टापु गएका थिए। तर त्यहाँ उनी मृत अवस्थामा फेला परेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ