arrow

लता मंगेशकरको निधन : भारत शोकमा, दुई दिन राष्ट्रिय झण्डा आधा झुकाइने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २३ आइतबार
lata-mageshkar.PNG

काठमाडौं । भारतीय पुस्ताका लागि संगीत र धुन परिभाषित गर्ने गायिका लता मंगेशकरको निधन भएको छ । आइतबार उनीकी बहिनीले गायिका मंगेशकरको निधन भएको पुष्टि गरेकी हुन् ।

कोभिड१९को संक्रमण भएपछि ९२ वर्षीया मंगेशकरलाई जनवरी ११ मा अस्पताल भर्ना गरिएको थियो। उनकी कान्छी बहिनी उषा मंगेशकरले आइतबार अब उनी नरहेको बताएकी हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमा लेखेका छन्, 'म शब्दले पोख्न सकिने भन्दा बढी दुखी छु ।'

किशोरावस्थाबाटै गाउन थालेकी मंगेशकरल ७३ वर्षको उमेरसम्म ३६ भाषमा करिब १५ हजार भन्दा बढी गीत गाएकी छन्। उलने नेपाली भाषामा समेत गीत गाएकी छन्, भने विभिन्न हजारबढी चलचित्रका लागि गीत गाएकी छन् ।

भारतसँगै भारतीय छिमेकी मुलुकहरू र खास गरी हिन्दी भाषा बुझ्ने मूलुकहरूमा समेत लता मंगेश्क र उनका गीत निकै लाेकप्रिय छन् ।

भारतीय राष्ट्रपति राम नाथ कोबिन्दले भनेका छन्, 'लता मंगेशकरका उपलब्धिहरू अतुलनीय रहनेछन् ।'

लता मंगेशकरको निधनमा दुई दिने राष्ट्रिय शोक मनाउँदै राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ ।

'फिल्महरूबाहेक, लता दीदी सधैं भारतको विकासको लागि भावुक हुनुहुन्थ्यो', भारतीय प्रधानमन्त्री मोदीले भनेका छन् ।

केन्द्रीय मन्त्री नीतिन गडकरीले लता मंगेशकरको निधनमा शोक व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ